असार ०१, बारा । नेपाल ब्राह्मण समाजले बाराको तेलकुवा निवासी रामायण तिवारीलाई मधेश प्रदेशको सह–संयोजक पदमा मनोनित गरेको छ ।
कलैयामा आयोजित एक कार्यक्रमबीच नेपाल ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक देवनाथ उपाध्यायले तिवारीलाई मनोनयन पत्र तथा प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरेका हुन् ।
समाजले तिवारीको सामाजिक योगदान, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका र संगठनप्रतिको समर्पणलाई मूल्यांकन गर्दै प्रदेश सह–संयोजकको जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
मनोनयनपछि तिवारीले आफूलाई दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै ब्राह्मण समाजको एकता, उत्थान तथा सामाजिक हितका कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उनले समाजलाई अझ सशक्त र संगठित बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको हो ।


