Wednesday, October 15, 2025

महासंघ बारा अध्यक्ष सुवेदीको कार्यशैली प्रति प्रेस युनियन बाराको आपत्ति

ताजा / भरखरै प्राप्त

असोज २८, बारा । नेपाल प्रेस युनियन बाराले नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको पछिल्लो कार्यशैली प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । युनियनले सुवेदीले महासंघको विधान, कार्यप्रणाली र संगठनको मर्यादा विपरीत क्रियाकलाप गर्दै आएको भन्दै कडा शब्दमा विरोध जनाएको हो ।

प्रेस युनियन बाराद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघ जस्तो गौरवशाली संस्थाको अध्यक्ष पदमा रही सुवेदीले व्यक्तिगत स्वार्थमा निर्णय गर्ने, संस्थाको नाममा चन्दा संकलन गर्ने, पत्रकारहरूलाई अपमानजनक शब्द प्रयोग गर्ने र सामाजिक सञ्जालमा बदनाम गर्ने कार्य गरी संस्थाको गरिमा धूमिल पारेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा सुवेदीले पत्रकारिता क्षेत्रको पवित्र उद्देश्य, पेशागत आचरण र संगठनको प्रतिष्ठालाई हानी पुर्‍याउने गरी कार्यशैली अवलम्बन गरेको आरोप लगाउँदै उनका गतिविधिले महासंघको संस्थागत छवि कमजोर बनाउँदै सिंगो बाराका पत्रकारहरूको साख समेत गिराएको उल्लेख गरिएको छ ।

युनियनले महासंघको नाममा सुवेदीले संस्थाको नाममा आर्थिक लेनदेन गर्ने, गैरपत्रकार व्यक्तिलाई पत्रकार बनाएर विज्ञप्ति जारी गर्ने र पत्रकारहरूलाई असुरक्षित बनाउने जस्ता कार्यको विरोध गरेको छ ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा यस्ता गैरपेशागत गतिविधिको प्रतिरोधमा संगठन सधैं अडिग रहने बताएका छन् । उनले अध्यक्ष सुवेदीलाई आफ्नो कार्यशैली सुधार्दै पत्रकारहरूको हकहित र पेशागत मर्यादाको पक्षमा काम गर्न आग्रह गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles