Wednesday, October 15, 2025

फेसबुकले ल्याउँदैछ सबैका लागि नयाँ ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा

ताजा / भरखरै प्राप्त

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्तालाई सामग्री उत्पादन (कन्टेन्ट क्रिएसन) बाट आम्दानी गर्ने अवसर प्रदान गर्दै आएको छ। फेसबुकको मुख्य कम्पनी मेटाले अघिल्लो वर्षमात्रै लाखौं प्रयोगकर्ताले दुई अर्ब अमेरिकी डलरभन्दा बढी कमाएको जनाएको छ।

फेसबुकले भिडियो, रिल्स, फोटो र टेक्स्ट पोष्टहरू सबैलाई मोनिटाइज गर्न सकिने सुविधा उपलब्ध गराएको छ। कम्पनीले फरक प्रयोगकर्ता वा क्रिएटरका लागि सोहीअनुसार मोनिटाइजेशनको सुविधा दिएको छ।

सबैका लागि उपलब्ध हुँदै ‘कन्टेन्ट मोनिटाइज’
यसअघि उपलब्ध ‘इन–स्ट्रिम एड्स’ सुविधा बन्द गरेर फेसबुकले नयाँ ‘कन्टेन्ट मोनिटाइजेसन’ कार्यक्रम ल्याउने तयारी गरेको छ। यो कार्यक्रम अन्तर्गत सामग्रीको प्रदर्शन (परफर्मेन्स) का आधारमा आम्दानी गर्न सकिने फेसबुकले जनाएको छ।

फेसबुकले यो सुविधा सबैका लागि खुला हुने बताएको छ। हाल भने यो कार्यक्रम परीक्षणकै रुपमा (बेटा संस्करण) चलिरहेको छ। अर्को वर्षसम्म यो ‘इन्भाइट–वान्ली’ प्रणाली अन्तर्गत उपलब्ध हुने बताइएको छ।

रिल्स एड र बोनस प्रोग्राम
फेसबुकले रिल्समा विज्ञापन देखाएबापत पनि क्रिएटरलाई पैसा दिइरहेको छ। यस्तै, ‘बोनस प्रोग्राम’ अन्तर्गत राम्रो रिच र भ्युज भएका क्रिएटरलाई थप आम्दानीको अवसर प्रदान गरेको छ।

यी दुवै सुविधा ‘इन्भाइट–वान्ली’ प्रणाली अन्तर्गत छन्। रिल्समा विज्ञापन चलाएर आम्दानी गर्नका लागि फेसबुकको निमन्त्रणा प्राप्त गर्नु पर्नेछ। यसका लागि क्रिएटरले मापदण्ड पूरा गरेपछि फेसबुकले इन्भिटेसन दिन सक्छ।

सब्स्क्रिप्सन, स्टार र ब्रान्डेड कन्टेन्ट
फेसबुकले फ्यानहरूबाट मासिक शुल्क लिएर सब्स्क्राइब गर्ने सुविधा पनि उपलब्ध गराएको छ। सब्स्क्राइबबाट प्राप्त रकम पेजले आम्दानीका रुपमा उपयोग गर्न सक्छ।

यस्तै, फ्यानहरूले ‘स्टार’ किन्न सक्छन् र ती स्टार क्रिएटरका पोस्ट र कमेन्टमा दिएर पनि आम्दानी गर्न सकिन्छ। साथै, ब्रान्डहरूसँग सहकार्य गरेर ब्रान्डेड कन्टेन्ट प्रवर्द्धन गर्ने सुविधा पनि फेसबुकले उपलब्ध गराएको छ।

नयाँ सुविधा कहिले?
मेटाले पुराना विज्ञापन प्रणालीलाई समायोजन गरी नयाँ कन्टेन्ट मोनिटाइजेसन कार्यक्रम सुरु गरेको बताएको छ। यो कार्यक्रम सबैका लागि खुला हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles