Wednesday, October 15, 2025

नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल गठन

ताजा / भरखरै प्राप्त

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले उपाध्यक्ष एवम् पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल बनाएको हो।

बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, “अहिले संविधान संशोधनको चर्चा व्यापक छ। सरकारले के प्रस्ताव ल्याउँछ थाहा छैन। तर संविधान संशोधनको आवश्यकता, उपादेयता र सम्भावित पक्षहरूबारे अध्ययन गर्न कार्यदल बनाइएको हो।”

कार्यदलका सदस्यहरूमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन्।

spot_img

लोकप्रिय

Related Articles