ठाकुर रामका चर्चित विद्यार्थी नेता कृष पटेलले पार्टीका नेताले योग्य र योगदान दिएकालाई पाखा लगाएको बताएका छन् । उम्मेदवार चयनमा पार्टीका नेताले देखाएको व्यवहार बारे समाजिक सञ्जालमा लेख्दै गुनासो गरेका हुन् ।
उनले लेखेका छन् – “ठाकुरराममा चर्चित विद्यार्थी नेता संगठनमा योगदान दिएका व्यक्तिलाई पार्टी, संगठन टिकट नदिएर आफ्नो आसेपासे चाखडी गर्ने लाई टिकट दिने पार्टी संगठन निर्णय गलत हो ।”
विद्यार्थीको राजनीतिमा पार्टीले चासो देखाएर नेपाल विद्यार्थी संघ कार्यसमिति पर्सामा रहेका एक जनालाई पनि टिकट नदिनु अस्वाभाविक रहेको उनको भनाई रहेको छ । विद्यार्थीका हकहितका लागि धेरै पहिलादेखि आवश्यक समन्वय गर्ने पुरानो विद्यार्थी नेतालाई टिकट नदिएको पटेलको गुनासो रहेको छ ।
उनले भने पार्टीको यस्तै रवैयाको कारण धेरै जस्तो विद्यार्थी नेता प्रभावित भएर स्वतन्त्र रुपमा अगाडी बढ्ने अवस्था आएको छ । पार्टीले योगदान दिएका व्यक्तिलाई नचिन्नु गलत छ ।