बाराको सिमरामा शुक्रबारबाट सुरु भएको १५ औं जितपुरसिमरा गोल्डकपको उद्धघाटन खेलमा विएफसी भरतपुर विजयी भएको छ ।
पहिलो दिनको उद्धघाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले समान एक–एक गोल गरे भने सिरहाका लागि सुशील राईले सान्त्वना गोल गरे । पहिलो हाफगोल रहित बनेको प्रतिष्पर्धात्मक खेलको ६० औं मिनटमा भरतपुरले अग्रता लिएको थियो ।
आकाश थापा मगरको कर्नर पासलाई डिबक्स भित्रबाट विशालले गोलमा परिणत गरेका थिए । सिरहाका गोलरक्षक सागर सुस्लिङले विशालको आकर्षक प्रहारलाई रोक्ने कुनै प्रयास गर्ने मौकानै पाएनन । खेलको ७९ औं मिनटमा विशाल राईले गोल गर्दै सिरहालाई खेलमा फर्काएका थिए । अमनलामाको क्रसपासलाई सदुपयोग गर्दै विशालले डिबक्स बाहिरबाट आकर्षक गोल गरेका थिए ।
अन्तिम समयमा सम्हालिन नसकेको सिरहा विरुद्ध निर्णायक गोल गर्दै भरतपुरले सेमी फाइनलयात्रा तय ग¥यो । खेलको ८५ औं मिनटमा राज भुषालले सिरहाविरुद्ध निर्णायकगोल गरेका थिए । भरतपुरका सुदिप मगरले प्रहार गरेको फ्रिकिक सिराहाका डिफेण्डरले हेडिङ मार्फत क्लिएर गर्ने क्रममा रिवाउण्ड बललाई करिब ३० यार्ड परबाट भुषालले गोलमा परिणत गरेका थिए ।
खेलको ग्रीनइनर्जी म्यान अफ दिम्याच भरतपुरका राजभुषाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ट्रफि हस्तान्तरण गरेका थिए ।
शनिवार आयोजक नवजनजागृति युवाक्लब सिमरा र हेटौंडाको एन्फा मकवानपुरका विच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा शुरु भएको प्रतियोगितामा ८ टिम सहभागि छन् ।