वर्तमान सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आरोप लगाउनु भएको छ ।
नेपाली काँग्रेस बाराको क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय भेलालाई सम्बोधन गर्न बारा पुगेका महामन्त्री थापाले वर्तमान सरकार आफ्नो उद्देश्य भन्दा बाहिर गएर नागरिकको अपेक्षा विपरीत काम गरेको आरोप लगाउनु भएको हो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले संविधान संशोधन र सुशासनका लागि बनेको गठबन्धनको सरकारले आफ्नै तालमा अगाडी बढेको बताए ।
महामन्त्री थापाले जुन उद्देश्य पुर्तीको लागि गठबन्धनमा सरकार निर्माण गरिएपनि सरकारको काम कार्वाहीबाट नागरिकको अपेक्षा उठ्न थालेको बताउनु भएको छ ।
सरकारले गरेको कामकार्वाही बाट नागरिक असन्तुष्ट भएको भन्दै महामन्त्री थापाले सरकारको कामको शैली परिवर्तन गर्न आवश्य रहेको टिप्पणी गर्नुभएको छ ।
त्यस्तै नेपाली काँग्रेसको अधिवेशनको बारेमा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेसको केन्द्रीय अधिवेशन विधान बमोजिम नै हुने भएकाले २०८४ को निर्वाचन पछि अधिवेशनको दिवा सवप्न नदेख्न नेताहरुलाई अनुरोध गर्नुभएको छ ।
नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय कमिटिले आयोजना गरेको सम्मेलनमा सभापती राजेश राय यादव सहित शेरबहादुर देउवा गुटका बाराका कुनैपनि नेता कार्यकर्ताहरुको उपस्थिती भने थिएन ।