Wednesday, October 15, 2025

वडा नम्बर १४ पूर्ण खोप वडा घोषणा

ताजा / भरखरै प्राप्त

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।

यो वडालाई मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

बघवन , भौंरा, लक्ष्मिनिया र जितपुर गरी ४ वटा टोल रहेको १४ नम्बर वडाका १ सय २८ जना खोप लिईरहेका बालबालिका मध्ये ५ वर्ष मुनिका ६८ वटा बालबालिकालाई पूर्ण खोप लगाइएको बघवन स्वास्थ्य चोकिका प्रमुख महम्मद सहजाद अंसारीले बताउनु भएको छ । १५ देखि ५९ महिना भित्रका ६८ वटा बालबालिकालाई खोप लगाएसंगै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालले छिट्टै उपमहानगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने बताउनु भएको छ ।

घोषणा कार्यक्रममा वडामा कार्यरत रहेका स्वयमसेविका तथा स्वास्थ्य चौकिका कर्मचारीहरुलाई कदरपत्रले सम्मान गरिएको छ ।

पूर्ण खोप वडा घोषणा कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles