Wednesday, October 15, 2025

खेलकुद विद्यामा उत्कृष्ट गरेका सहनीलाई नगद पुरस्कार

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटर बाराको १८ औं स्थापना दिवसको अवसरमा पचरौता नगरपालिका ८ का सशस्त्र प्रहरी जवान बिबेक सहनीलाई खेलकुद विद्यामा उत्कृष्ट गरेकोमा प्रशंसा पत्रका साथ नगद पुरस्कार प्रदान गरिएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिटकैयामा रहेको नं. १२ गण हेड क्वाटर बाराले आफ्नो १८ औं स्थापना दिवस मनाउने क्रममा आयोजना गरेको विभिन्न खेलकुद क्रियाकलापमा सहभागि भई आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरी तीन सवर्ण सहित ४ वटा पदक जितेका सहनीलाई आज बुधबार प्रशंसा पत्र सहित १ हजार रुपैया पुरस्कार प्रदान गरीएको हो ।

सशस्त्र प्रहरी जवान सहनीलाई प्रदान गरीएको प्रंशसा पत्रमा आफ्नो पदिय अनुशासित, कर्तव्यनिष्ठ तथा लगनशिल भई अहोरात्र खटिई पेशागत गतिविधिमा संलग्न भई गणको प्रतिष्ठा बढाउने कार्य गरेकाले उक्त योगदानको कदर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १७ को नियम १५७ को (ग) बमोजिम अभिलेख किताबमा जानिने गरी नगद १ हजार रुपैया सहित प्रंशसा पत्र प्रदान गरीएको उल्लेख गरीएको छ ।

त्यस्तै सहनीले १८ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिता अन्तर्गत सहिष्णुता विधाको ३ सय मिटर दौडतर्फ प्रथम स्थान हासिल गरेकोमा उनलाई प्रमाण पत्र पनि प्रदान गरीएको छ ।

spot_img

लोकप्रिय

Related Articles